मानव सेवा आश्रमलाई खाद्य पदार्थसहित आर्थिक सहयोग

मानव सेवा आश्रमलाई खाद्य पदार्थसहित आर्थिक सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण २, २०७७

स्याङ्जा । पुतलीबजार नगरपालिकाले पोखरास्थित मानव सेवा आश्रमलाई खाद्य पदार्थसहित आर्थिक सहयोग गरेको छ । नगरपालिका प्रमुख सीमाकुमारी क्षत्रीले आश्रमले सामजिक क्षेत्रमा गरेको काममा सहयोग पुगोस् भनेर नगरपालिकाका तर्फबाट सहयोग गरिएको बताउनुभयो । नगर प्रमुख क्षत्रीले भन्नुभयो, 'मानव सेवा आश्रमले धेरै बेसहाराहरुको सहारा बनेर काम गरिरहेको छ, त्यसैले पुतलीबजार नगरपालिकाका तर्फबाट पनि सामाजिक कार्यमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौँ ।'

आश्रम गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनालाई रु ५० हजारको चेकसहित २५ बोरा चामल, दुई बाकस तेललगायत खाद्य सामग्री हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।  आश्रमले  मानसिक सन्तुलन गुमाएर सडकमा बेबारिसे बनेका बेसहारालाई समेत सेवा दिँदै आएको छ ।