‘पिरतीको गुन्द्री’ सार्वजनिक (भिडियाे सहित)

‘पिरतीको गुन्द्री’ सार्वजनिक (भिडियाे सहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण २, २०७७

काठमाडाैं । म्युजिक भिडियो ‘पिरतीको गुन्द्री’ सार्वजनिक भएको छ । डेभिड शङ्कर र बिनी श्रेष्ठको आवाज रहेको गीतमा विष्णु विरही श्रेष्ठकाे शब्द र दीपकराज विश्वकर्माको सङ्गीत रहेको छ ।

बिहीबार युट्युबमा सार्वजनिक गरिएको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । रोमान्टिक उक्त गीतको भिडियोको निर्देशन युवराज वाइवाले गर्नु भएकाे हाे । राजधानीमा एक कार्यक्रमका बिच गीत रिलिज गरिएको हो । भिडियो रिलिज पूर्व पिरतीको गुन्द्री टिमले मिडियासँग अन्तर्क्रिया गरेको थियो ।

कार्यक्रममा सरोज र आश्मा सहित निर्देशक वाइवा, सङ्गीतकार दीपकराज विश्वकर्मा, गायक डेभिड शङ्कर, रचनाकार विष्णु विरही श्रेष्ठ उपस्थित थिए । गीत निकै मेहनत गरेर बनाएको र दर्शकले मन पराउने आशा टिमले लिएको छ । गीत रिलिज भएसँगै दर्शकको राम्रो प्रतिक्रिया आइरहेको छ ।