भारतीय न्युज च्यानलहरु बन्द गर्ने निर्णय यसोसिएशनको मात्रै हाेइन

भारतीय न्युज च्यानलहरु बन्द गर्ने निर्णय यसोसिएशनको मात्रै हाेइन

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २, २०७७

ललितपुर । नेपाल डिजिटल टि.भी. अपरेटर यसोसिएशनले आज एक प्रेस सम्मेलन गर्दै भारतीय न्युज च्यानलहरु सरकारसँगको छलफल पछि बन्द गरेको जानकारी गराएको छ । 

उपभोक्ताले आफ्नो प्रधानमन्त्रीको बारेमा अनर्गल प्रचार गरेको पनि पैसा तिरेर हेर्नुपर्ने भनेर दवाव दिएपछि सरकारसँगको समन्वयमा भारतीय न्युज च्यानल बन्द गरेको बताएका छन् । यो एशोसियसनले आफूखुशी गरेको निर्णय नभएको पनि एशोसियसनले स्पष्ट पारेको छ । 

पहिले केवल टिभि मात्र रहेकोमा हाल आएर प्रसारणका विभिन्न माध्यमहरु अगाडी आएको हुँदा ती सबैलाई समेटेर डिजिटल टि.भी. अपरेटर यसोसिएशन गठन गर्नुपरेको पनि एशोसियसनले जनाएको छ । 

हाल दर्ता प्रक्रियामै रहेका कारण अहिले गठन भएको तदर्थ समिति भएता पनि अहिले भारतीय न्युज च्यानलले देशका प्रधानमन्त्रीका बारे दुई देशको सम्बन्धमै असर पर्ने गरी अर्नगल प्रचार गरेकाले यसलाई प्रष्ट पार्नका लागि पनि प्रेस सम्मेलन गर्नु परेको एशोसियसनले जनाएको छ । 

साथै सम्पूर्ण भारतीय न्युज च्यानलहरु बन्द गरेको भन्ने भ्रम पर्न गएकोमा केवल आजतक, एविपि न्युज, जि न्युज र इन्डिया टिभि गरी चारवटा न्युज च्यानल मात्र बन्द गरिएको पनि एशोसियसनले जनाएको छ । 

ग्राहकले पैसा तिरेको च्यानल आफूलाई मन लागेको बेला बन्द गर्न पाइन्छ भन्ने प्रश्नको जवाफमा ग्राहकसँग सम्झौता गर्दा नै यस विषयमा प्रष्ट पारिने तथा देशको अहित हुने कुनै पनि जानकारी र समाचार सरकारले चाहेको बेला अमेरिका लगायत संसारका कुनै पनि देशमा बन्द गर्ने अधिकार सरकारसँग रहने पनि एशोसियसनले जनाएको छ । 

हाल गठन गरिएको तदर्थ समिति निम्नानुसार रहेको जानकारी पनि एशोसियसनले गराएको छ । 

अध्यक्ष – सुदीप आचार्य – डिशहोम
सदस्य – दिनेश सुवेदी – म्याक्स टि.भी.
सदस्य – प्रकाश घिमिरे – मेरो टि.भी. 
सदस्य – विनय बोहोरा – भायो टि.भी.
सदस्य – विनोद तिमलसिना – ब्रोड टि.भी.
सदस्य – निरन राज भण्डारी – नेट टि.भी.
सदस्य – रविन सुवेदी – प्रभु टि.भी.
सदस्य – अमित थापा – क्लियर टि.भी.