माछा मार्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

माछा मार्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ४, २०७७

कैलाली । कैलालीको घोडाघोडीमा माछा मार्ने क्रममा शनिबार नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी–६ वसन्ताका माधव चौधरीकी १२ वर्षीया छोरी मानवी चौधरीको नालामा डुबेर मृत्यु भएको हो ।
 
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिषशरण भट्टका अनुसार शनिबार माछा मार्न गएकी बालिका मृतावस्थामा फेला परेकी हुन् । साथीसँग नालामा माछा मार्न गएकी बालिकाको पौडिन नजान्दा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।