विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, मुख्य उत्पादन करारमा दिन नपाइने

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, मुख्य उत्पादन करारमा दिन नपाइने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ५, २०७५

काठमाडौं । लगानीकर्ताले आफ्नो मुख्य उत्पादन आफैं नगरेर अर्को कम्पनीलाई उत्पादन लगायतबजारीकरण र वितरण गर्न अनुमति दिँदै आएकोमा नयाँ कानुनले उत्पादनको काम अरुलाई दिन रोक्ने भएको छ। सोमबार संघीय संसद्बाट पारित भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ ले जुन कम्पनीले उत्पादन अनुमति लिने हो ऊ आफैंले कम्तीमा मुख्य वस्तु उत्पादन गर्नुपर्ने र सहायक उत्पादन तथा बजारीकरण र वितरणमात्रै अन्य कम्पनीलाई दिन सक्ने व्यवस्था गरेको छ।

यो कानुन लागु भएपछि अर्को उद्योगलाई उत्पादन गर्न दिएका झन्डै आधा दर्जन कम्पनीलाई असर पर्नेछ। कानुन पारित भएपछि मुख्य उत्पादन आफैं गर्नुपर्नेछ। यो कानुनको बारेमा व्यवसायीबीच मतभिन्नता देखिएको छ। सूर्य नेपाल कम्पनीका सचिव प्रेम अर्यालले यो कानुनले मुख्य लगानीकर्तालाई निरुत्साहित गर्ने जिकिर गरे। ‘यो प्रावधानले अहिले करारमा चलिरहेका बहुराष्ट्रिय कम्पनीका उत्पादन बन्द हुनेछन्,’ उनले भने, ‘यसरी बहुराष्ट्रिय कम्पनीका उत्पादन बन्द भएमा नराम्रो सन्देश जानेछ।’ आजको नागरिक दैनिकमा खबर छ ।