रेष्टुराँ सञ्चालक बेपत्ता

रेष्टुराँ सञ्चालक बेपत्ता

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ४, २०७७

बागलुङ । बागलुङ नगरपालिका–३ गुठीमा रेष्टुराँ सञ्चालन गरी बस्दै आउनुभएका ओखलढुङ्गाका ४४ वर्षीय रामचन्द्र भट्टराई तीन दिनदेखि बेपत्ता हुन भएको छ । बागलुङ जिल्ला सदरमुकामस्थित बागलुङ बजारको गुठीमा लामो समयदेखि गौरीशङ्कर रेष्टुराँ सञ्चालन गर्दै आउनुभएका सरल प्रकृतिका भट्टराई बजारदेखि नै बेपत्ता भएको उहाँकी छोरी सृष्टिले जानकारी दिनुभयो ।

भट्टराई हराएको भनी प्रहरीमा जानकारी गराइएको छ ।  खोजीका लागि सबैलाई सहयोग गर्न सृष्टिले आग्रह गर्नुभयो ।  रेष्टुँरा सञ्चालक भट्टराईलाई भेटेमा मोबाइल नं ९८६७६८४१७७ र ९८४५५३३६६२ मा  सम्पर्क गरिदिन आग्रह गरिएको छ ।