तोलाको तीन सयले बढ्यो सुन

तोलाको तीन सयले बढ्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ४, २०७७

 काठमाडौं । सुनको मूल्य आज तोलाको तीन सय रुपैयाँ बढेको छ।

आज छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो यसको मूल्य ९२ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको थियो।

यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेर एक हजार पाँच रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।