नेकपा बैठक साउन ६ गते

नेकपा बैठक साउन ६ गते

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ४, २०७७

काठमाडौं । आज (साउन ४ गते आइतबार)का लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही साउन ६ गते बिहान ११ बजेसम्मका लागि सरेको छ ।

दलको आन्तरिक विषयमा सचिवालय र शीर्षनेताहरु छलफलमा रहनुभएकाले बैठक सर्दै आएको छ । नेकपा केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गरी बैठक मङ्गलबार सरेको जानकारी दिएको हो ।