कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ४, २०७७

धनुषा । कर्तव्य ज्यान मुद्दामा ६ वर्ष देखि फरार रहेका प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-१९ गहवा टोल बस्ने भारत वेतिया पश्चिम चम्पारण घर भएका ४६ वर्षीय धर्मेन्द्र प्रसाद कलवारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

२०७१ बैशाख ९ गते बारा तत्कालिन विश्रामपुर गाविस-९ स्थित गहुँ खेतमा  भारत रक्सौल घर भई पर्सा वीरगंज महानगरपालिका-१९ गहवा टोल बस्ने प्रमोद साहलाई धरिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहि फरार रहेका कलवारलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषा जनकपुरधामबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१९ गहवा टोलमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

कलवारलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषाले जनाएको छ ।