कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ४, २०७७

स्याङजा । चापाकोट नगरपालिका-३ कमेरे बस्ने ४५ वर्षीय कुल बहादुर सार्कीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु २१ वर्षीय अन्तिल ज्ञामी र पूर्ण वहादुर खड्का रहेका छन् । उनीहरुले सार्कीलई कुटपिट गरी सोही ठाउँ बस्ने चन्द्र वहादुर सोतीको खाली घरमा लगि छाडेकोमा शनिबार स्थानीयहरुले मृत अवस्थामा फेला पारेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवै जनालाई पक्राउ गरेको हो ।   

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।