अवैध लागूऔषध चरेश सहित पक्राउ

अवैध लागूऔषध चरेश सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ४, २०७७

कैलाली । धनगढी उपमहानगरपालिका-४ बोराडाडीमा होटल गरी बस्ने बैतडी पाटन नगरपालिका घर भएका ४२ वर्षीय गौरी सिंह महरालाई अवैध लागूऔषध चरेश ५४ ग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई होटेलको काउन्टरमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।