वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद

वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ४, २०७७

बारा । निजगढ नगरपालिका-११ रतनपुरस्थित सामुदायिक बनबाट वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान फेला पारी शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । 

उक्त स्थानमा लायन्स कल्ब अफ निजगढ सिटिको आयोजनामा गरिएको वृक्षारोपण कार्यक्रममा अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले बनमा केही पड्केको आवाज सुन्नासाथ त्यसतर्फ गई खोजतलास गर्दा उक्त बन्दुक वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।