मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ४, २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी कैलाशकुट बहुमुखी क्याम्पसको कोठामा सोही क्याम्पसको सेक्युरीटी गार्ड सुनसरी ईटहरी घर भएका ६४ वर्षीय बलराम पुरी शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् । 

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-७ शिखर बेशीस्थित महाबिर खोलामा ढुङ्गाको कापामा तादी गाउँपालिका-२ चिलाउने बस्ने  ६० वर्षीय  काजिमान तामाङ शनिबार साँझ मृत अवस्थामा फेला परेका छन् । असार ३१ गते घरबाट हिँडेकोमा आफन्तले खोज्दै जाने क्रममा उनको शव फेला पारेको हो ।  

सिरहा, धनगढीमाई नगरपालिका-७ फुलकाहाकट्टीस्थित बारीमा सोही ठाउँ बस्ने २० वर्षीया अम्बिका महतो आइतबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।