खोला तथा पोखरीमा डुबेर मृत्यु

खोला तथा पोखरीमा डुबेर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ४, २०७७

काठमाडौं । गुल्मी, छत्रकोट गाउँपालिका-५ मनबाहकस्थित रिडि खोलामा डुबेर अर्घाखाँची सन्धिखर्क नगरपालिका-२ भलायडांडा बस्ने ४२ वर्षीय देव बहादुर मुखियाको शनिबार दिउँसो मृत्यु भएको छ । 

धनुषा, गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहास्थित कमला सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर सोही ठाउँ बस्ने ६५ वर्षीय लक्ष्मण पासवानको शनिबार दिउँसो मृत्यु भएको छ । पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको हो ।  

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।