करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ४, २०७७

बारा । फेटा गाउँपालिका-१ रजहटियाटोल बस्ने रोशन पण्डितकी १ वर्षीया छोरी बिगनी कुमारीको करेन्ट लगेर शनिबार राति मृत्यु भएको छ । 
आपनै घरमा खेल्ने क्रममा बिजुलीको बोर्डमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।