मोहनबहादुर  कायस्थको हाइकु २०२० सार्वजनिक

मोहनबहादुर  कायस्थको हाइकु २०२० सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  श्रावण ४, २०७७

भक्तपुर । कोरोनाका कारण बन्दप्रायः रहेको समाज लकडाउन खुकुलो भएसँगै विस्तारै खुल्न थालेको छ ।

अन्य विविध क्षेत्रमा जस्तै साहित्यिक क्षेत्रमा फाट्टफुट्ट गतिविधि हुन थालेका छन् । भक्तपुरमा २०७७ साउन ३ गते शनिबार भएको कार्यक्रममा साहित्यकार मोहनबहादुर कायस्थको नवीनतम हाइकुसंग्रह हाइकु २०२०  नामक कृति सार्वजनिक गरिएकाे छ । 

सिर्जना अभियान भक्तपुरको आयोजनामा भएको सो कार्यक्रममा साहित्यकार धु्रव मधिकर्मीले नेपाली साहित्यमा हाल हाइकु विधाले गति लिन थालेको बताउँदै स्रष्टा कायस्थका हाइकुसंग्रहमा भएका अधिकांश हाइकुले समसामयिक जीवनका विविध पक्षहरुलाई समेटेर लेखिएको बताउनु भयाे ।   

कार्यक्रममा स्रष्टाहरु विमल ताम्राकार, इन्दुल केसी, सुरेन्द्रलाल भुजू , विपिन बनेपाली, पशुपतिमान पमा, सुलोचना सैंजू , सुचिता सैंजू र सोना तचामो लगायतकाले हाइकु गजल र कविता वाचन  गर्नु भएकाे  िथयाे । 

कार्यक्रम अनौपचारिक रुपमा गरिएको थियो ।

सिर्जना अभियानकै प्रकाशन रहेको सो कृतिमा विविध सन्दर्भका चार सयभन्दा बढी हाइकु संग्रहित  रहेका छन् ।