पुरिएर एकको मृत्यु

पुरिएर एकको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ५, २०७७

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिराले पुरिएर एक जनाको मृत्यु भएको छ । गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताउनुभयो ।

कार्कीका अनुुसार, 'आठ जना गएकामध्ये मृतक गुरुङ शौच गर्न भनेर खोला छेउ जङ्गलमा गएका थिए', त्यही बीचमा आएको पहिरामा परी आइतबार साँझ गुरुङको मृत्यु भएको हो । पहिरामा पुरिएका गुरुङको शव परीक्षणका  लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।