कटुवा पेस्तोलसहित पक्राउ

कटुवा पेस्तोलसहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ५, २०७७

धनुषा । जनकपुर उपमहानगरपालिका-८ बजरंग चोक डेरा गरी बस्ने सर्लाही हरिपुर्वा नगरपालिका-८ बसतपुर घर भएका २१ वर्षीय सुनिल कुमार अधिकारीलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जनकपुर उपमहानगरपालिका-९ जनकपुरधाममा पैदल हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागी जाँच गर्ने क्रममा उनको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।