जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ५, २०७७

काठमाडौं । बर्दिया, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-९ बस्ने २० वर्षीय अतुल तमौलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई २०७६ भदौ १६ गते जबरजस्ती करणी गरी फरार रहेका अतुललाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको  हो । 

पर्वत, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाशिला गाउँपालिका-५ बस्ने १२ वर्षीय र १४ वर्षीय दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । मानसिक रुपमा अपाङ्गता भएकी ती किशोरीलाई गत जेठ १७ गते सोही ठाउँ पिँडालु खोलामा जबरजस्ती करणी गरेको भन्ने साउन २ गते बिहान खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको   हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।