अवैध लागूऔषधसहित पक्राउ

अवैध लागूऔषधसहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ५, २०७७

मोरङ । विराटनगर महानगरपालिका-१५ सडकबाट ३५ ग्राम ५ सय ६० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित भारत अररिया जोगबनी बस्ने २० वर्षीय तारिकन अनवरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई जाँच गर्ने क्रममा साइकलको सिटमुनी लुकाइछिपाई ल्याउँदै गरेको उक्त खैरो हेरोइनसहित पक्राउ गरेको हो ।  

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित सडकबाट १ सय २० चक्की नियन्त्रित लागूऔषध नाइट्राभेट र २ थान मोबाइलसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-६ बस्ने २० वर्षीय राज दाश र २० वर्षीय सुमित दाश रहेका छन् । शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले जाँच गर्ने क्रममा राजको साथबाट ६० चक्की र सुमितको साथबाट ६० चक्की लागु औषधसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।