अवैध काठकाे गोलिया सहित २ जना पक्राउ

अवैध काठकाे गोलिया सहित २ जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ५, २०७७

मोरङ । कटहरी गाउँपालिका-४ राम चोकबाट अवैध काठको गोलिया लोड गरी विराटनगरतर्फ लैजाँदै गरेको को।२ त ३२४८ नम्बरको ट्रयाक्टरसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ट्रयाक्टर चालक रंगेली नगरपालिका-३ बस्ने २७ वर्षीय चालक मेघनाथ मण्ड र सहचालक विराटनगर महानगरपालिका-६ रामपुर बस्ने २० वर्षीय ओम प्रकाश कुमार यादव रहेका छन् । 

अवैध काठको गोलिया चोरी गरी उक्त ट्रयाक्टरमा विराटनगरतर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुलाई आवश्यक कारवाहीको लागि काठसहित डिभिजन वन कार्यालय मोरङमा बुझाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।