वागमती प्रदेश प्रमुखद्वारा देवघाटधामको अवलोकन

वागमती प्रदेश प्रमुखद्वारा देवघाटधामको अवलोकन

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ५, २०७७

चितवन । वागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले देवघाटधाम क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । आज उहाँले त्रिशूली र कालीगण्डकीको वेणी सङ्गममा स्नान गर्नाका साथै विभिन्न क्षेत्रको अवलोकन गर्नुभयो ।

सो अवसरमा उहाँले धार्मिक पर्यटकीय दृष्टिकोणले देवघाटधाम निकै महत्वपूर्ण तीर्थस्थल भएको बताउनुभयो । देवताले तपस्या गरेको स्थलका रुपमा रहेको देवघाट प्रदेशको गहना भएको उहाँको भनाइ थियो । देवघाटको विकासमा सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

देवघाटको विकासका लागि आफूले मुख्यमन्त्री र अन्य मन्त्रीसँग कुरा गर्ने उहाँले आश्वासन दिनुभयो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले प्रदेश प्रमुखलाई देवघाटधामका बारेमा जानकारी गराउनुभएको थियो ।