सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ५, २०७७

काठमाडौं । रुपन्देही, बुटवल उपमहानगरपालिका-११ होराईजन चोकस्थित सडकमा ना.१ ह ८०६४ नम्बरको ईरिक्साले आइतबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी पैदलयात्री सोही उपमहानगरपालिका कालिकानगर बस्ने ४० वर्षीया बाल कुमारी गुरुङको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सर्लाही, बरहथवा नगरपालिका-६ स्थित सडकमा बीआर ३० आर १७४८ नम्बरको मोटरसाइकल र बा.३८प ८०७४ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका बीआर ३० आर १७४८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-५ बस्ने २३ वर्षीय बिबेक साहलाई अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये १ जनाको पोली क्लिनिक बरहथवा र २ जनाको संजिवनी अस्पातल बरहथवामा उपचार भइरहेको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।