करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ५, २०७७

धनुषा । सबैला नगरपालिका-२ डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ४५ वर्षीय प्रमोद महतोको करेन्ट लागेर आइतबार दिउँसो  मृत्यु भएको छ । सोही नगरपालिका-३ बस्ने गुरुदयाल महतोको निर्माणाधिन घरको बिम ग्ल्यान्डर मेशिनले भत्काउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।