चन्द्रमामा मानिसले टेकेको दिन : मानवताको अभूतपूर्व छलांग

चन्द्रमामा मानिसले टेकेको दिन : मानवताको अभूतपूर्व छलांग

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  श्रावण ५, २०७७

आज २० जुलाई २०२०  हो ।  आजभन्दा ५१ वर्ष पहिला आजकै दिन मानवताको इतिहासमा अभूतपूर्व घटना घटेको थियो । आजको दिनसम्म यही घटना नै मानवताको सम्पूर्ण इतिहासका लागि 'न भूतो न भविष्यति' बनी रहीरहेको छ । २० जुलाई १९६९ का दिन पृथ्वीबाट गएको तीन जनाको समूह मध्ये २ जनाले पृथ्वी बाहेक अन्य कुनै खगोलीय पिंडमा ओर्लिने सफलता पाएका थिए । चंद्र विजय भएको थियो २० जुलाई १९६९ का दिन ।

मानिसले आजका दिनसम्म चन्द्रमा बाहेक अन्य कुनै खगोलीय पिंडमा पाइला राख्न सकेका छैनन । मानवताको इतिहासमा मानिसले सबैभन्दा ठूलो छलांग लगाएको दिन थियो २० जुलाई १९६९ को दिन । अपोलो अभियान अंतर्गत अमेरिकाले चन्द्र  विजयको अभियान थालेको नवौ  प्रयासमा (अपोलो -११ ) मार्फत यो सफलता हासिल गरेर कीर्तिमानको त्यो झंडा गाडेको थियो जसलाई आजसम्म अन्य कुनै पनि देशले दोहाेर्‍याउनसम्म सकेका छैनन् ।

आज २० जुलाई २०२० का दिन पढाै‌ं त्यस अभियान बारेको संक्षिप्त चर्चा ।



अपोलो ११ अभियान,  अपोलो उडान श्रृखंलाको  चन्द्र धरातलमा पाइला टेक्ने पहिलो अभियान थियो । मानवसहित उडानको यो पाँचौं यात्रा थियो भने चन्द्रमा उन्मुख यो अपोलो अभियानको तेश्रो उडान थियो ।

१७ जुलाई १९६९ मा प्रक्षेपित  यस यानका तीन जना यात्री  मध्ये दुइजनाले चन्द्र धरातलमा टेक्ने सौभाग्य पाए ।

यस अभियानले अमेरिकी  राष्ट्रपति जोन एफ केनेडीको सपना पूरा गर्‍यो  । १९६०-१९६१ मै केनेडीले ६० को दशक भित्रै चन्द्रमामा अमेरिकाले पाइला राख्ने जुन घोषणा गरेका थिए  थियो, त्यो पूरा भएको थियो । यो बिसौं शताव्दीको सबैभन्दा महत्वपूर्ण उपलव्धि मध्येको एक उपलव्धि थियो ।

स्वचालित प्रणालीलाई बन्द गरेर यानको नियन्त्रण आफ्नो हातमा लिए र एल्ड्रीनको सहायताले २० जुलाई १९६९ को रात्री ८ बजेर १७ मिनेट जाँदा ईगललाई सकुशल चन्द्र धरातलमा अवतरण गराए । अवरतण भइसक्दा  चंद्रयान ईगलको  अवरोह इन्जिनमा मात्र २५ सेकेण्ड को यात्राका लागि इन्धन बाँकी रहेको थियो । मुख्ययान कोलंबियाबाट बेग्लै भएपछि चंद्रयान  ईगललाइ चन्द्रमाको धरातलमा ओर्लिन २ घंटा ३३ मिनेटको समय लागेको थियो । २० जुलाईको दिन मानवताको इतिहासमा स्वर्ण अक्षरले महिमामंडित बनी सकेको थियो ।

चन्द्र आरोहण दलका सदस्यको रुपमा छानिने तीनजना सौभाग्यशाली व्यक्ति थिए । नील आर्मस्ट्रागं, उनी यस अभियान दलको कमाण्डर रहेका थिए । त्यसैगरी मुख्य नियन्त्रण यानका चालकका रुपमा माइकल कोलिन्स थिए भने चन्द्रयान चालक थिए  अहिलेसम्म जीवित रहेका एकमात्र चन्द्रयात्री  एडवीन वज एल्ड्रीन ।

वैकल्पिक दलको सदस्यका रुपमा थिए, कमाण्डर जेम्स लाभेल, नियन्त्रण यान चालक बील एण्डर्स र चन्द्रयान चालक फ्रेड हैसे ।

अपोलो ११ को प्रक्षेपण

केप केनेडी अन्तरिक्ष केन्द्र फ्लोरिडाबाट १६ जुलाई १९६९ का दिन बिहान ९ बजेर ३२ मिनेट जाँदा सैटर्न -v रकेटबाट अपोलो ११ यानलाई प्रक्षेपित गरियो । बाटोमा र प्रक्षेपण स्थल निकट समुद्री किनारमा रहेका लाखौं मानिसका साथ टिभीबाट ६० करोड भन्दा बढी मानिसले यो दृष्य अवलोकन गरेका थिए । यो त्यस समयको विश्व कीर्तिमान थियो । राष्ट्रपति निक्सन स्वयंले ह्वाइट हाउसको ओभल अफिसमा बसेर यो प्रक्षेपण कार्यक्रम हेरेका थिए ।

१२ मिनेटमै रकेटले पृथ्वीको निम्न कक्षमा प्रवेश गर्‍याे । पृथ्वीकक्षको एक र आधी  परिक्रमा गरे लगत्तै सैटर्न  रकेटले यानलाई चन्द्रपथतिर धकेली दियो । सैटर्न रकेटको काम यही समाप्त भयो ।  चन्द्रमा तीर को यात्रा का लागि बनाइएको  मुख्य नियन्त्रण यान सैटर्न रकेटबाट   छुट्टियो र  आफूभित्र रहेको चन्द्रयान लाई लिएर चन्द्रमाको यात्रामा लाग्यो ।

यस अभियानमा मुख्य नियन्त्रण यानलाई कोलम्बिया र चन्द्रयानलाई ईगल नाम दिइएको थियो । तीन दिनको अनवरत यात्रा पछि यानले चन्द्रकक्षामा प्रवेश गर्‍याे । १९ जुलाईमा अपोलो ११  अभियानको मुख्य नियंत्रण यान कोलंबिया  चन्द्रमाका पछाडि पुग्यो ।कोलंबियाका चालक कोलिन्सले यानको दिशा परिवर्तन गर्न यानको  इन्जिनमा एउटा प्रज्वलन गराएर ,अर्थात इन्जिन स्टार्ट गरेर   यानलाई चन्द्रमाको

निम्न कक्षमा पुर्‍याए । कोलंबियाले चन्द्रमाको निम्न कक्षबाट चंद्र परिक्रमा गर्न थाल्याे । कक्षमा परिक्रमारत रहँदा  तीनैजना यात्रीले चन्द्रमामा  ईगल यान ओर्लिने स्थान को खोजी / निरिक्षण गरे ।

ईगल अवतरण गर्नलाई नासाले  चन्द्रमाको  'सी अफ ट्रैंक्युलिटी   भन्ने स्थान चयन गरेको  थियो । यो स्थान अरुको तुलनामा समथर भएकोले यसको चयन गरिएको थियो । २० जुलाई का दिन १२ बजेर ५२ मिनट माँ एल्ड्रिन र नीलले कोलंबिया यानबाट  ईगल यानमा प्रवेश  गरे।  ५ घंटा पछि १७ बजेर ४४ मिनेट जाँदा मुख्य नियन्त्रण यान कोलम्बियाबाट चंद्रयान ईगल  विच्छेद गरियो । कोलम्बिया यानमा कोलिन्स एक्लै थिए,  उनले कोलंबिया यानको निरीक्षण गरे कतै  ईगल यान  विच्छेद हुँदा कोलंबियामा कुनै  किसिमको समस्या  उत्पन्न भएको त छैन ?

आर्मस्ट्रागं र एल्ड्रीन अब ईगल  यानमा थिए । एल्ड्रिनले ईगलको अवरोह इन्जिन प्रज्वलित गरेर  अवतरण गराउने कार्य प्रारम्भ गरे  । यानले अवतरण प्रक्रिया प्रारम्भ गरे लगत्तै आर्मस्ट्रागंले यान आफ्नो निर्धारित पथभन्दा टाढा पुग्ने संकेत भू स्थित नियन्त्रण केन्द्रलाई पठाए । ईगल आफ्नो निर्धारित पथमा ४ सेकेण्डले अगाडि देखियो । यसको अर्थ अवतरण निश्चित स्थानभन्दा कैयन किमी पर हुने देखियो । ईगलको नियन्त्रण र मार्गदर्शक कम्प्युटरले खतराको संकेत दिन थाल्यो । दुबै यात्रीको  ध्यान कम्प्युटरतिर गयो । नासाको होस्टन स्थित अभियान नियन्त्रण केन्द्रमा अभियान नियन्त्रक स्टीव वेल्सले अभियानका निर्देशकलाई आश्वस्त गरे, खतराको संकेत हुँदा हुँदै पनि यानको अवतरण सुरक्षित हुनेछ । कम्प्युटरले सुचना मात्र दिइरहेको छ,यानलाई केही पनि भएको छैन ।

आर्मस्ट्रागंले यानबाट बाहिरतिर हेरे, कम्प्युटर यानलाई एउटा ठूलो खाल्डो (क्रेटर) का नजिक रहेका ठूल्ठूला चट्टानतिर लगिरहेको थियो । उनले स्वचालित प्रणालीलाई बन्द गरेर यानको नियन्त्रण आफ्नो हातमा लिए र एल्ड्रीनको सहायताले २० जुलाई १९६९ को रात्री ८ बजेर १७ मिनेट जाँदा ईगललाई सकुशल चन्द्र धरातलमा अवतरण गराए । अवरतण भइसक्दा  चंद्रयान ईगलको  अवरोह इन्जिनमा मात्र २५ सेकेण्ड को यात्राका लागि इन्धन बाँकी रहेको थियो । मुख्ययान कोलंबियाबाट बेग्लै भएपछि चंद्रयान  ईगललाइ चन्द्रमाको धरातलमा ओर्लिन २ घंटा ३३ मिनेटको समय लागेको थियो । २० जुलाईको दिन मानवताको इतिहासमा स्वर्ण अक्षरले महिमामंडित बनी सकेको थियो ।

आर्मस्ट्रागंले ईगल  अवतरण गरेको स्थानलाई टैनक्युलिटी बेस  नामाकरण गरे । र होस्टनलाई सन्देश पठाए ।
‘होस्टन यो टैंक्युलिटी बेस हो, ईगल ओर्लिइसकेको छ।’

दुबैजना यात्री ईगल भित्रै थिए । अवतरणका दुई घण्टा ३० मिनेट पछि  एल्ड्रीनले सन्देश प्रसारित गरे -
'म चन्द्रयान ईगलको चालक हुँ म यो प्रसारण श्रवण गरीरहेका सबै व्यक्तिलाई जहाँ सुकै भएपनि जस्तोसुकै अवस्थामा भए पनि निवेदन गर्दछु, एक क्षण मौन धारण गरेर  बितेका केही घण्टामा भएका घटनालाई अवलोकन गरी आ—आफ्नो ढंगले उसलाई ( ईश्वरलाई) धन्यवाद दिउँ '।
यस सन्देशपछि एल्ड्रिनले वैयक्तिक धार्मिक प्रार्थना गरे ।

ईगल  चन्द्र धरातलमा ओर्लेको ६ घण्टा ३९ मिनेट पछि २१ जुलाईको  रात्री २ बजेर ५६ मिनेट जाँदा आर्मस्ट्रागंले चन्द्रमाको सतहमा पाइला राखे ।
ओर्लिदा आर्मस्ट्रागंले  भने- ‘ मानवको यो सानो पाइला, मानवताको एक ठूलो छलागं हो (That's one small step for  man, one giant leap for mankind.) आर्मस्ट्रागं ओर्लेको २० मिनेट पछि  एल्ड्रिन पनि ईगलबाट चन्द्र धरातलमा ओर्ले, चन्द्र धरालतमा टेक्नासाथ उनको  मुखबाट निस्कियो, ‘ सुन्दर, सुन्दर विशाल उजाड स्थान ।

दुबैजनाले झण्डै अढाइ घण्टा चन्द्र धरातलमा व्यतीत गरे । माटोको नमूना लिए, ढुंगा एकत्र गर, अनेकौं तस्विर लिए । यस पश्चात दुबैले त्यहाँ   अमेरिकी झण्डा युनियन ज्याक ठड्याउने मेसो गरे । तकनीकी बाधा र मौसमको गडबडी हुँदाहुँदै  पनि समस्त विश्वमा चन्द्रमाको धरातलबाट प्रत्यक्ष प्रसारण भएको थियो । उनीहरुलाई  ‘इभा’ ( एक्स्ट्रा vehicular activity ) का लागि दुई घण्टाको समय निर्धारित गरिएको थियो । तर यो अवधि बढेर २ घण्टा ३० मिनेटको हुन गयो । तात्पर्य उनहरुले ईगलबाट ओर्लेर अढाइ घण्टा व्यतीत गरे चन्द्र धरातलमा ।

आर्मस्ट्रागंले अनेकौं तस्विर लिए । एल्ड्रिन चन्द्रमामा उफ्रँदै हिंडे । गुरुत्वाकर्षण  पृथ्वीको तुलनामा निकै कम भएका कारण त्यहाँ  हिड्नु सजिलो थिएन । अमेरिकी झण्डा  चन्द्रमामा उभ्याएपछि उनीहरुले राष्ट्रपति  निक्सनसँग फोन वार्ता गरे ।

राजनीतिज्ञको चरित्र झैं राष्ट्रपति निक्सनले  फोन वार्ताका लागि लामो वक्तव्य तयारी गर्न लगाएका थिए । तर नासाले ह्वाइट हाउसमा खटाएका अधिकृत फ्रैंक बोरम्यानले राष्ट्रपति निक्सनलाई चन्द्रअवतरणको सम्मान गर्दै त्यसो नगर्न परामर्श दिए । राष्ट्रपति निक्सनले बोरमनको सल्लाह स्वीकार गर्दै फोन वार्ता संक्षिप्त गरे । राष्ट्रपतिले भने- हेलो नील र वज म  ह्वाइट हाउसको ओभल कक्षबाट बोेल्दैछु । यो फोन वार्ता निश्चिय नै सबैभन्दा ऐतिहासिक फोन वार्ता हाे । म भन्न सकिरहेको छैन,  हामी कति गौरवान्वित अनुभव गरीरहेका छौं,  तिमीहरुको यस उपलव्धिमा । प्रत्येक अमेरिकीका लागि र साथै विश्वका प्रत्येक व्यक्तिका लागि आजको दिन सबैभन्दा गौरवको दिन सावित हुनेछ ।

मलाई विश्वास छ, विश्वको प्रत्येक मानिस यस ऐतिहासिक  कृत्यका लागि अमेरिकाको खुशीमा सम्मिलित हुनेछन् । तिमीहरुले जे गरेर देखायौ त्यसले स्वर्ग पनि संसारकै एक भाग बन्न आइपुग्यो । तिमीहरु चन्द्रमाको 'सी आफ ट्रैक्युलिटी'बाट मसँग बोलिरहेका छौ । यसले हामीलाई समस्त पृथ्वीमा शान्ति र सौहार्द ल्याउन प्रयास गर्ने प्रेरणा प्रदान गरीरहेको छ । मानवताको सम्पूर्ण इतिहासको यो अनमोल पल हो, यस क्षणमा विश्वका समस्त मानिस साँच्चै एक हुन भन्ने भाव जाग्रत भइरहेको छ । तिमीहरुको उपलव्धिमा विश्वभरीका मानिस समान रुपले गर्व गरिरहेका छन् । हामी सबै प्रार्थना गर्छौं  तिमीहरु सकुशल पृथ्वीमा फर्की आऊ ।

प्रत्युतरमा चन्द्रधरातलबाट आर्मस्ट्रागंले भने, धन्यवाद श्रीमान राष्ट्रपति महोदय, हाम्रा लागि चन्द्र धरातलमा उपस्थित हुनु महान गौरव र सम्मानको कुरा हो । हामी चन्द्र धरातलमा अमेरिकाको मात्रै प्रतिनिधित्व गरी रहेका छैनौं,  विश्वका समस्त राष्ट्रका शान्तिकामी  र जिज्ञासु मानिसहरुको पनि प्रतिनिधित्व गरिरहेका छौं । साथै मानिसको आगामी भविष्यको अवधारणाको पनि प्रतिनिधित्व गरिरहेका छौं । आज यहाँ 'सी आफ ट्रैक्युलिटी'मा पुगेर हामीलाई अत्यन्त खुशी लागि रहेको छ ।

फिर्ती यात्रा 

चन्द्र धरातलमा झण्डै अढाई घण्टा बिताएर अनेकौं नमूना सामग्री बटुलेर उनीहरु  ईगल  तिर फर्के । पहिला  एल्ड्रिन  ईगलमा चढे । दुबैले नमुना संकलित गरेका बाकसलाई ईगलमा चढाए । त्यसपछि आर्मस्ट्रागं ईगल भित्र पसे । यानमा आएपछि दुबैले भारी पोशाक र जुत्ता फुकाले, यानभित्र जीवन रक्षक वातावरण थियो । त्यसपछि उनीहरु सुते । चन्द्रमामा पुग्ने मात्र होइन चन्द्रमामा सुत्ने पनि आर्मस्ट्रागं र एल्ड्रिन नै हुन । एल्ड्रिनले चन्द्र धरातलमा १ घण्टा ३३ मिनेटको समयसम्म विचरण गरे, उनी आर्मस्ट्रागं ओर्लेको २० मिनेट पछि ईगलबाट चन्द्र धरातलमा ओर्लेका थिए । र उनी आर्मस्ट्रागंभन्दा पहिला ईगलमा प्रवेश गरे र उनले प्रवेश गरेको ४१ मिनेट पछि आर्मस्ट्रागं  ईगलमा आएका थिए । आर्मस्ट्रागंले झण्डै २ घण्टा ३४ मिनेटको समय चन्द्र धरातलमा बिताए ।

२०  जुलाईको मध्य रात्री २ बजेर ५६ मिनेटमा चन्द्रमाको सतहमा मावन पाइतालाको पहिलो छाप बन्यो । २ घण्टा ३४ मिनेटसम्म मानव पाइलाले चन्द्रविहार गरे । भन्न सकिन्छ २१ जुलाईको बिहान दुबै जना यात्री चन्द्र विहार सकेर आफ्नो यान ईगलमा फर्के ।

चन्द्रयान ईगल  भने २० जुलाईको रात्री ८ बजेर १७ मिनेटमा चन्द्र धरातलमा ओर्लेको थियो । यो २१ घण्टा ३६ मिनेट चन्द्रधरातलमा रह्यो ।

पृथ्वी छोडेको १०२ घण्टा ४५ मिनेट पछि चन्द्रयान ईगलले  चन्द्रधरातलमा अवतरण गरेको थियो  र पृथ्वी धरातल छाडेर यानमा बसेको १०९ घण्टा ३४ मिनेट पछि आर्मस्ट्रागंले पुनः अर्को भूईं अर्थात चंद्र धरातल  टेक्ने सौभाग्य पाएका थिए   ।

पृथ्वीबाट यात्रा थालेको १२४ घण्टा २२ मिनेटपछि फिर्ती यात्रा प्रारम्भ भयो ।

२१ जुलाईको बिहान ५:३० बजेतिर पृथ्वीका सबै मानिसहरुको सपना चन्द्र विहार गरी फर्केका दुबै यात्री आफ्नो यान इगलमा पसेर सुते, विजय निद्रामा । उनीहरु सुतेको झण्डै सात घण्टा पछि पृथ्वीस्थित नियन्त्रण कक्ष होस्टनले उनीहरुलाई मीठो निद्राबाट ब्युँझायो । उनीहरु फर्किने तयारीमा लागे । चन्द्रमासम्म पुगेर पनि पुग्न नपाएका उनीहरुका अर्का साथी कोलिन्स जुन मुख्य नियन्त्रण यानमा बसेर चन्द्र परिक्रमा गर्दै उनीहरुको प्रतीक्षा गरिरहेको थिए । उनले यो अवधिमा चन्द्रमाको आकाशमा रहेर अनेकौं  परिक्रमा गरिसकेका थिए । प्रक्षेपणको कुल अवधि १२४ घण्टा २२ मिनेट पछि एल्ड्रिनले २१ जुलाईको साँझ ५ बजेर ५४ मिनेट जाँदा  ईगलको आरोह  इन्जिन प्रज्वलित गरे । इन्जिन ७ मिनेट सम्म प्रज्वलित रह्यो । उनीहरुको यान  ईगल चन्द्रमाको सतहभन्दा १७.६ गुना ८८ किमी माथिको कक्षमा आएर मुख्य नियन्त्रण यान कोलम्वियासँग जोडियो । ईगल कोलम्वियासँग जोडिँदा पृथ्वीबाट  प्रक्षेपण भएको १२८ घण्टा ३ मिनेट व्यतीत भइसकेको थियो । भन्न सकिन्छ,  ईगललाई चन्द्रमाको धरातलबाट उडेर चन्द्रकक्षमा परिक्रमा गरिरहेको कोलम्वियासँग आएर संयुक्त हुन झण्डै ३ घण्टा ४१ मिनेटको समय लाग्यो ।

ईगल कोलम्बियासँग संयुक्त हुँदा कोलिन्सले चन्द्रकक्षको सत्ताइसौं परिक्रमा गरिरहेका थिए । ईगल र कोलम्विया संयुक्त भएपछि आर्मस्ट्रागं र एल्ड्रिनले कोलम्वियामा पसेर कोलिन्सलाई भेटे । कोलम्बियासँग संयुक्त भएको ४ घण्टापछि २१ जुलाई १९६९को रात्रि २३:४१ मिनेट हुँदा  पुनः इगललाई विच्छेद गराइ चन्द्र धरातलमा खसाइयो ।

कोलम्बिया यान चन्द्रकक्षमा पुगेको ५९ घण्टा व्यतीत भएपछि जब यो चन्द्रमाको पृथ्वीबाट नदेखिने भाग पट्टि थियो, यसले पृथ्वीतिरको यात्रामा प्रस्थान गर्‍याे । मुख्य नियन्त्रण यानको इन्जिन दुई मिनेट ३० सेकेण्डका लागि प्रज्वलित  गरियो र फिर्ती यात्रा प्रारम्भ भयो । यात्रीहरु आराम गर्न लागे । २१ जुलाईको रात्री प्रारम्भ भएको पृथ्वी यात्रामा एकपटक मात्र सुधार गर्नुपर्‍यो  । २२ जुलाईमा फर्किने क्रममा मुख्य नियन्त्रण यानको इन्जिन प्रज्वलित गरेर यानको दिशा परिवर्तन गरियो । यो सुधार हुँदा प्रक्षेपण भएको १५० घण्टा ३० मिनेट समय बितिसकेको थियो । फर्किने यात्राको पनि दुई पटक प्रत्यक्ष प्रसारण गरियो ।

पृथ्वीमा अवतरण गर्नुपूर्व २३ जुलाइको रात्रीमा भएको प्रत्यक्ष प्रसारणमा कोलिन्सले यसो भनेका थिए— सैटर्न  रकेट जसले हामीलाई पृथ्वीको निम्न कक्षमा पुर्‍यायो,  यो कलयन्त्र  प्रविधिको  जटिल र अविस्मरणीय निर्माण हो । यसका प्रत्येक पुर्जाले त्रुटिरहहित कार्य संपादन गरे । यस उपकरणले सहजतापूर्वक काम गर्नेछ भन्नेमा हामी सधैं विश्वस्त रहेका थियौं । यी  सबै सम्भव हुनुका पछाडि हजारौं मानिसको रगत, पसिना र अश्रुको योगदान छ । तपाईंहरुले हामी तीन जनालाई मात्र देखिरहनु भएको छ तर हाम्रो यस सफलताका पछाडि  हजारौं हजार व्यक्तिहरुको योगदान छ, म ती सबैलाई धन्यवाद भनिरहेको छु ।

यस पश्चात आफ्नो सम्बोधनमा बज एल्ड्रिनले भने —यो हामी तीन जनाको मात्र सफलताको कुरा होइन । त्यसभन्दा धेरै बढी यस सफलतामा समस्त मानव जातिको प्रतिनिधित्व भएको अनुभव भइरहेको छ । हामी चन्द्रमामा पुग्नु कुनै एउटा सरकारको प्रयासभन्दा माथिको उपलव्धि हो, विज्ञान प्रोधौगिकीको एउटा समूह मात्रको पनि उपलव्धि होइन यो,  र कहाँसम्म भने कुनै एक देशको सफलता मात्र पनि होइन यो । समग्र मानव जातिको आकांक्षा र उत्सुकताको परिणाम हो, अज्ञातलाई उद्घाटित गर्ने आकांक्षा............।