नकबजनी चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

नकबजनी चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ६, २०७७

भक्तपुर । नकबजनी चोरी मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा ११ हजार रुपैयाँ  जरिवाना भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

प्याठलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा जरिवाना तिरी छुटेको उक्त परिसरले जनाएको छ ।