श्रोत नखुलेको नगद सहित पक्राउ

श्रोत नखुलेको नगद सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ६, २०७७

रौतहट । ईशनाथ नगरपालिका-४ स्थितबाट श्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित ईशनाथ नगरपालिका-४ बस्ने १९ वर्षीय पवन कुमार सिन्हालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले नेपाल भारतको सिमाना नजिक मठिया महुलियातर्फ आउँदै गरेका साइकलमा सवार उनलाई जाँच गर्दा उनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । साथै उक्त साइकलबाट पशु आहाराको बोरा १ थान, कापी ३ पिस, खाने तेल ४  लिटर र खरि १ किलो समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।