पोखरीमा डुबेर तथा खोलामा बगाएर मृत्यु

पोखरीमा डुबेर तथा खोलामा बगाएर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ६, २०७७

काठमाडौं । धनुषा, सबैला नगरपालिका-४ कोलठिया बल्टियास्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने ५० वर्षीय राम बहादुर सदाको सोमबार दिउँसो मृत्यु भएको छ ।

तेह्रथुम, लालीगुँरास नगरपालिका-९ स्थित ढाडेखोलामा डुबेर जिरीखिम्ती बजार डेरा गरी बस्ने म्याङलुङ नगरपालिका-६ अम्फुवा घर भएकी ३६ वर्षीया अंजना लिम्बुको सोमबार दिउँसो मृत्यु भएको छ । मृतक र मृतकका श्रीमान ३६ वर्षीय भेषराज लिम्बु छथर गाउँपालिकास्थित माईती घर जाँदै गरेको अवस्थामा ढाडेखोला तर्ने क्रममा दुबै जनालाई बगाएकोमा भेषराज लिम्बु खोलाबाट निस्किन सफल भएको र श्रीमतीलाई बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरिखिम्ति र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोलाको बीच भागमा उनको शव फेला पारेको हो । भेषराजलाई उपचारको लागि जिल्ला अस्पताल म्याङलुङतर्फ पठाइएको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।