जिपको ठक्करबाट मृत्यु

जिपको ठक्करबाट मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ६, २०७७

बारा । बारागढी गाउँपालिका-२ दौर्वा टोलस्थित प्रदेश नम्बर २-०३-००१ क ००१६ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने गोपाल माझीको १० वर्षीया छोरी रजनी कुमारी माझीको सोमबार दिउँसो मृत्यु भएको छ । जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

जिप र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।