विक्रम बरालको स्वर स्वरको ‘भन्थे बाजेले....’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

विक्रम बरालको स्वर स्वरको  ‘भन्थे बाजेले....’  म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण ७, २०७७

काठमाडौँ । विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले....’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत ‘भन्थे बाजेले.....’को भिडियो सार्वजनिक  गरिएको छ ।

शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई, रम्बो अधिकारी र रिया पोख्रेल फिचर्ड रहेकाे छ । 

अर्जुन तिवारीले छायाँकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गर्नु भएकाे  गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको  दाबी गरीएकाे छ ।

‘हामी सबैको मिहिनेतबाट एउटा राम्रो गीत र यसको भिडियो स्रोता र दर्शकमाझ प्रस्तु्त गरेका छौ, सबैको साथ सहयोग र माया पाउने अपेक्षा लिएका छौं,’ सङ्गीतकार हरि लम्सालले भन्नु भयाे । गीतको भिडियो टुवेल्थ टोन्स मार्फत सार्वजनिक गरिएको छ ।

 ‘भन्थे बाजेले....’  म्यूजिक भिडियो याहाँ सुन्न सकिन्छ