ग्रामिण दूरसञ्चार परियोजना, कामै नहेरी भुक्तानी

ग्रामिण दूरसञ्चार परियोजना, कामै नहेरी भुक्तानी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७५

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुर्गममा इन्टरनेट सेवा पु¥याउन सञ्चालन गरेको  ग्रामिण दूरसञ्चार परियोजनामा अनियमितता भेटिएको छ । चार जिल्लामा इन्टरनेट सेवा पु-याएको दावी गर्दै भुक्तानी लिएको सुबिसु केवलनेटको काममा महालेखा परिक्षक कार्यालयले अनियमितता औल्याएको हो ।

प्राधिकरणले अनुगमनका लागि परामर्शदाता नियुक्त गरेको भए पनि उनीहरु सम्बन्धित स्थानमा नपुगेको प्रतिवदनमा उल्लेख छ । 

प्राधिकरणले आखलढुंगा, रामेछाप, सिन्धुली, दोलखाका ७ सय १६ स्थानमा इन्टरनेट जडान गर्न मर्कन्टायलसँग २०७३ चैतमा सोढे २३ करोड रुपैयाँमा सम्झौता गरेको थियो । कम्पनिले ७ सय १६ मध्ये ६ सय ३१ स्थानमा मात्रै इन्टरनेट जडान गरी सबै भुक्तानी रकम लिइसकेको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।