सुन्तलाको पकेट क्षेत्रमा कालिज पालन

सुन्तलाको पकेट क्षेत्रमा कालिज पालन

लोकसंवाद संवाददाता  |  पर्यटन  |  श्रावण ७, २०७७

जाजरकोट । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको कुशे गाउँपालिका–५ दम्दालामा कालिजपालन शुरु गरिएको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय जाजरकोटले १० लाख रुपैयाँ अनुदान दिएपछि स्थानीय शिवबहादुर मल्लले कालिजपालन गर्नुभएको हो । कुशे एग्रे फरेस्टी प्रालिको नामबाट पहिरो चरणमा २५० वटा कालिजपालन गरेर व्यावसायिक अभ्यास गरिएको मल्लले जानकारी दिनुभयो । 

पर्यटकीय सम्भावना बोकेको दम्दालामा कालिजपालन शुरु गरेसँगै अन्य कृषिजन्य वस्तुको उत्पादनका लागि पहलकदमी शुरु भएको छ । यो वर्ष कालिजपालनको अवस्था हेरेर अर्को वर्ष पनि सहयोग हुनसक्ने कार्यालयका प्रमुख जरबहादुर भक्रीले बताउनुभयो । 

 आलु र सुन्तलाको पकेटक्षेत्र रहेको दम्दालामा कालिजपालनले थप आयआर्जन हुने विश्वास लिइएको छ । त्यस्तै डोल्पाको सदरमुकाम दुनैमा  पशु अस्पताल तथा पशुसेवा कार्यालयको सहयोगमा नन्दलक्ष्मी थापाले कालिजपालन शुरु गर्नुभएको छ । जम्मा ८९ वटा कालिजपालन गरेको थापाको भनाइ छ । यो पटक ८९ कालिज, १५० बटइ र १६ लौकाटको पहिरो चरणमा व्यावसायिक रुपमा पालन शुरु गरिएको उहाँको भनाइ छ ।