काठमाडौंका पचास स्थानमा सिसिक्यामेरा

काठमाडौंका पचास स्थानमा सिसिक्यामेरा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७५

काठमाडौं । काठमाडौं महानगरपालिकाले मुख्य ५० चोकमा सिसिक्यामेरा जडान गर्ने प्रक्रिया थालेको छ । महानगर र प्रहरीको संयुक्त टोलीले आवश्यक स्थानको पहिचान गरिरहेको छ । क्यामरा जडान गर्न महानगरले महानगरीय प्रहरी परिसरलाई १५ फागुनमा तीन करोड रुपैयाँ हस्तान्तरण गरिसकेको छ । ‘५० चोकमा सिसिक्यामेरा जडान गर्न महानगरले प्रहरीलाई प्रस्ताव राखेको छ ।

अध्ययनपछि केही थपघट हुन सक्छ,’ नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने, ‘शान्तिसुरक्षासँगै फोहोर व्यवस्थापनमा समेत सघाउ पुग्ने हिसाबले सिसिक्यामेरा जडान हुन्छन् ।’ क्यामेरा जडान र व्यवस्थापनको काम प्रहरीले गर्नेछ भने सडक बत्तीको जिम्मा महानगरले लिनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।