राजनीतिक छहारीमा पूर्वप्रहरी अधिकृतहरू

राजनीतिक छहारीमा पूर्वप्रहरी अधिकृतहरू

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७५

काठमाडौं । प्रहरीका उच्च अधिकारीहरु सेवाबाट अवकाशलगत्तै राजनीतिक दलमा प्रवेश गर्ने क्रम विगतदेखि चल्दै आएको छ। त्यही मेलो पछिल्लोपटक नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापाले पनि पछ्याएकी छिन्। थापा सोमबार मात्रै उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन्।

विभिन्न क्षेत्रमा क्रियशील व्यक्तिहरू जस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरु पनि सेवाबाट अवकाश पाएलगत्तै राजनीतिमा प्रवेश गरेका छन्। अवकाशपछि कहिले नेपाल त कहिले विदेश बस्दै आएकी थापाले फोरममा प्रवेश गरेर सक्रिय राजनीति गर्ने संकेत गरेकी छिन्।

थापाअघि पूर्वप्रहरी महानिरीक्षकहरू डिबी (दिलबहादुर) लामा, धु्रवबहादुर प्रधान, प्रदीपशमशेर राणा, नेपाल प्रहरीका पूर्वएआइजी गणेशराज राई, सशस्त्र प्रहरीका पूर्वएआजीद्वय रिषभदेव भट्टराई र कृष्ण तामाङ, नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवाललगायत राजनीतिक दलहरूको छहारीमा ओत लागिसकेका छन्। आजको नागरिक दैनिकमा खबर छ ।