डोलीन्द्रको राजीनामा स्वीकृत

डोलीन्द्रको राजीनामा स्वीकृत

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७५

काठमाडौं । साझा प्रकाशनका महाप्रबन्धक डोलीन्द्र शर्माको राजीनामा स्वीकृत भएको छ। साझा प्रकाशन सञ्चालक समितिको मंगलबार बसेको बैठकले शर्माको  राजीनामा स्वीकृत गरेको हो।

शर्माले संस्थागत हितविपरीत काम गरेको भन्दै सञ्चालक समितिले स्पष्टीकरण सोधेको थियो। फागुन २८ मा सञ्चालक समितिले तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएपछि शर्माले गत शुक्रबार राजीनामा दिएका थिए। मंगलबार बसेको सञ्चालक समिति बैठकले शर्माको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो। साझामा अनियमितता गरेको आरोप लागेका शर्माका क्रियाकलाप सन्तोषजनक नभएको भन्दै उनलाई मन्त्रीस्तरीय निर्णयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा तान्ने निर्णय फागुन १९ मा भएको थियो।

सञ्चालक समिति बैठकले साझा प्रकाशन कर्मचारी नियमावली २०७३ को नियम ३०.१ को खण्ड ‘ख’ अनुसार आचरण र अनुशासनसम्बन्धी नियम उल्लंघन गरेको र सोही नियमको खण्ड ‘च’ अनुसार पदीय जिम्मेवारीको बेवास्ता गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो। साझा प्रकाशनका अध्यक्ष रघुराम बिष्ट, नवनियुक्त महाप्रबन्धक ऋषिराम पंगेनी, सञ्चालक सदस्यहरु हरिहर खनाल, डिपी अर्याल, मुक्ति सुवेदी तथा विजय सुब्बाको उपस्थितिमा बसेको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो। बैठकले साझाको बजेट पास गर्ने निर्णयसमेत गरेको सञ्चालक सदस्य तथा सांसद विजय सुब्बाले जानकारी दिए। आजको नागरिक दैनिकमा खबर छ ।