सुनको मूल्यमा रेकर्डै रेकर्ड

सुनको मूल्यमा रेकर्डै रेकर्ड

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ९, २०७७

काठमाडौं । आज (साउन ९ गते शुक्रबार) सुन प्रतितोला १३ सय बढेर ९५ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको मूल्यमा दिनहुँ रेकर्ड कायम भइरहेको छ। अस्ति (साउन ७ गते बुधबार) यता छापावाल सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँ बढिसकेको छ।

गत बुधबार ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन हिजो बिहीबार ९४ हजार पाँच सय कायम भएको थियो। 

तेजाबी सुनको मूल्य ९५ हजार तीन सय ६५ रुपैयाँ निर्धारण गरिएको पनि सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।