नेपालसँग साझेदारी बढाउने इयुको चाहना

नेपालसँग साझेदारी बढाउने इयुको चाहना

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७५

काठमाडाैं  । युरोपियन युनियनले नेपालसँगको साझेदारी बढाउने चाहना व्यक्त गरेको छ। सोमबार काठमाडौंमा युरोपियन डेलिगेसनको नयाँ कार्यालयको उद्घाटन गर्दै एसिया र प्रशान्त क्षेत्रका लागि युरोपियन एक्सटर्नल एक्सन सर्भिसका उपप्रबन्ध निर्देशक पाओला पम्पालोनी र नेपालका लागि इयुका राजदूत भेरोनिका कोडीले नेपालसँगको साझेदारीलाई थप विकास गर्न चाहेको जनाएका छन्। कार्यालयको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए।

पम्पोलोनीले नेपाल र इयुबीचमा दुई पक्षीय सम्बन्ध सुरु भएपछि सन् १९७३ देखि नै विकास र सहयोग साझेदार हुँदै आएका छन्। गत वर्ष दुई मुलुकले मित्रताको ४५ औं वर्षगाँठ मनाएको भन्दै उनले इयु डेलिगेसनको भूमिका दुई पक्षीय सम्बन्धलाई अघि बढाउन सहयोगी हुने विश्वास व्यक्त गरेकी छिन्।

नेपाल भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईसँग भेट गरेकी थिइन्। आजको नागरिक दैनिकमा खबर छ ।