चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ९, २०७७

भक्तपुर । चोरी मुद्दाका २ जना फरार अभियुक्तलाई बिहीबार प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका-५ सुवर्णचोक बस्ने २५ वर्षीय सुजन दाहाल र सोही नगरपालिका-६ बनाचौर बस्ने ३२ वर्षीय मिलन पाण्डे रहेका छन् ।

भक्तपुर जिल्ला अदालतको २०७५ असार ११ गतेको फैसला अनुसार १ वर्ष ६ महिना कैद र २ लाख २७ हजार १ सय रुपैयाँ जरिवाना भएका उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फेला पारी पक्राउ गरेको  हो । 

उनीहरुलाई भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।