छिटो काम गरिदिने भन्दै रकम असुल गरेको अभियोगमा पक्राउ

छिटो काम गरिदिने भन्दै रकम असुल गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ९, २०७७

काठमाडौं । छिटो काम गरिदिने भन्दै सेवाग्राहीसँग बढी रकम असुल गरेको अभियोगमा गोरखा सुलिकोट गाउँपालिका-८ घर भएका २७ वर्षीय बिकाश गुरुङलाई  चन्द्रागिरी नगरपालिका-१० गुर्जुधाराबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले गुरुङलाई यातायात व्यवस्था कार्यालय गुर्जुधारा नजिक सेवाग्राहीसँग ६ हजार ८ सय रुपैयाँ असुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरी प्रहरी वृत्त थानकोटले जनाएको छ ।