जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ९, २०७७

काठमाडौं । संखुवासभा, सिलिचोङ्ग गाउँपालिका-१ बुधबारेस्थित झाडीमा एक महिलालाई अपहरण गरेर जबरजस्ती करणी गरी शरीर बन्धक समेत बनाएको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-३ बस्ने २० वर्षीय रोसन राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

महिलालाई गत साउन १ गते अपहरण गरी विभिन्न अन्जान ठाँउहरुमा पुर्‍याउँदै जबरजस्ती करणी गरेको र गत मंगलबार राति खाँदबारी नगरपालिका-१ घिमिरे गाँउटोलस्थित एक घरमा ल्याई बन्धक बनाई पटकरपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

ताप्लेजुङ, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिरिजंघा गाउँपालिका-पाथिभरा याङवरक गाउँपालिका-३ आरुबोटे बस्ने २० वर्षीय बिमल कङलिवा लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई प्रलोभनमा पारी सोही ठाउँस्थित ओजिथोक चौतारामा गत असार १३ गते जबरजस्ती करणी गरेको भन्ने बुधबार सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।