अवैध लागूऔषधसहित पक्राउ

अवैध लागूऔषधसहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ९, २०७७

काठमाडौं । ललितपुर, महालक्ष्मी नगरपालिका-५ स्थित सडक किनारामा लागूऔषध खैरो हेरोईन खरिदबिक्रि गरिरहेको अवस्थामा ५।५ ग्राम लागूऔषधसहित चार जना जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।   

लागु औषध बिक्रि गर्ने रौतहट गुजरा नगरपालिका-४ घर भएका ३१ वर्षीय राज कुमार लामा र उनीसँगै रहेकी झापा मेचीनगर नगरपालिका-४ ठेगाना भएकी २८ वर्षिया कल्पना राईलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा राजकुमारसँग लागूऔषध खरिद गर्न आएको अवस्थामा महालक्ष्मी नगरपालिका-५ भगवतीस्थानस्थित सडक किनारामाबाट बा.६७ प २८३७ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ ठेगाना भएका २७ वर्षीय सुरेस मोक्तान र बाँके नेपालगंज उपमहानगरपालिका-७ ठेगाना भएका २८ वर्षीय अमृत कुमार मल्ललाई समेत प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ सुन्ताखानबाट सोही ठाउँ बस्ने ३२ वर्षीय बिश्‍वराज श्रेष्ठलाई करिब ४.५ केजी अवैध लागूऔषध गाँजा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । किनबेचमा संग्लन रहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई प्रहरीले पक्राउ गरेको हो । 

दाङ, राप्ती गाउँपालिका-१ रातोडाँडाबाट ६ केजी ९ सय ६४ ग्राम लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित रोल्पा सुनछहरी गाउँपालिका-२ बस्ने ३२ वर्षीय लालमोहन घर्तीमगर समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको अधारमा प्युठानबाट दाङतर्फ आउँदै गरेका लु।१ च ६१७१ नम्बरको बलेरो जिप र लु.४० प ९८०६ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त बलेरो गाडीमा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी दुबै सवारी साधनसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।