विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ९, २०७७

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका शिवचोक बस्ने केदार खनालको घरबाट बिहीबार साँझ कोही नभएको अवस्थामा नगद १० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब २ लाख रुपैयाँ बराबरको चोरी भएको छ ।

त्यसैगरी काठमाडौं महानगरपालिका-२९ डिल्लीबजार डेरा गरी बस्ने दोलखा सैलुंङ गाउँपालिका-८ घर भएका २७ वर्षीय  भुबन खत्रीको कोठाबाट बिहीबार साँझ अपरिचित व्यक्तिहरूले ताला फोडी सुनका गहना र नगद ५० हजार रुपैयाँ  समेत गरी करिब २ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेका छन् । 

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।