डीपी दाहालकाे मायाको घरबार नामको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

डीपी दाहालकाे मायाको घरबार नामको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण ९, २०७७

काठमाडौं । वरिष्ठ गीतकार डीपी दाहाल परिश्रमीले मायाको घरबार नामको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ ।  डिलाइटेड नेपालको प्रस्तुती रहेको गीतमा परिश्रमीले मायाप्रेमको कथालाई  उजागर  गरेकाे बताइएकाे छ ।  

मर्मस्पर्शी शब्दका खानी रहेका परिश्रमीले यस गीतमा मायाप्रेममा रहेका युवायुवतीमा उब्जिने मनका कुरादेखि लिएर आफ्नाे मायालाई पारिवारिक तहमा कसरी लैजाने भन्ने सम्मका शब्द समेट्नु भएको छ ।  

नेपाल आइडलकी नम्बर एक गायीका अस्मिता अधिकारी र पुरुषोत्तम सुवेदीले स्वर दिएको उक्त गीतमा नेपाली चलचित्र क्षेत्रका स्थापित नायक पुष्प खड्का र नायिका केकी अधिकारीले अभिनय रहेको  छ  ।

लोकलयलाई समेटेर बनाइएको यस गीतमा गायक सुवेदीले नै संगीत दिनु भएको छ ।   

ह्वाइट मिडियाको निर्माण संयोजन रहेको भिडियोको सम्पादन एवं निर्देशन शक्तिप्रज्वल घिमिरे, म्युजिक भिडियो अर्जुन तिवारीले खिच्नु भएको छ भने प्रवीन थापाले कोरियोग्राफी गर्नु भएकाे हाे ।
उक्त म्युजिक भिडियो डिलाईटेड नेपाल युटुब च्यानलमार्फत् बजारमा ल्याइएको पनि गीतकार परिश्रमीले जानकारी दिनु भएकाे छ ।  

मायाको घरबार नामको म्युजिक भिडियो यहाँ हेर्न सकिन्छ