तपाइको के जान्छ ?

तपाइको के जान्छ ?

प्रशान्त उप्रेती  |  साहित्य  |  श्रावण १०, २०७७

कालो रङ्ग लाई सेतो रङ्ग  भनी दिनुस् तपाइको के जान्छ ?
 मूर्खको अगाडी  शान्त बनिदिनुस्   तपाइको के जान्छ ?

निरन्तर धोकाले  पद अनि पदवीको श्रीपेच खानेलाई 
उसलाई ठुलै समाजसेवी ठानी दिनुस् तपाइको के जान्छ ?

निरीह  पिउशोले पनि चेसको मैदानमा राजा  ढाल्न सक्छ 
राजा बन्नेको अघि पिउशो बनिदिनुस्  तपाइको के जान्छ ?

खरायो हुँ म सधैँ जित्छु भन्ने घमन्ड राख्दछ जसले 
उसलाई विजेता नै थानिदिनुस  तपाइको के जान्छ ?

बिना परिश्रम  योगदानको पगरी लगाउन चाहनेलाई 
त्यागी बनेर नैतिक थप्पड हानिदिनुस्  तपाइको के जान्छ ?

मान्छेको  बेतुकको घमन्ड तुहिन्छ कुर्नुस् एक दिन  अवश्य 
समयलाई सर्वशक्तिमान् मानिदिनुस् तपाइको के जान्छ ?

पेरिस फ्रान्स