म को हुँ ?

म को हुँ ?

ईश्वरी सत्यम  |  साहित्य  |  श्रावण १०, २०७७

पवित्रता प्रथम गुण मेरो
हु म पवित्रताको नदी
शान्ति दोस्रो गुण
शान्त स्वभाव मेरो
ज्ञानको ज्योति हुँ भने
को हुँ म भन तिमी ?

सुखमा मसँगै रमाउँदछन्
हाँसेर खितखित
आनन्दको बगैँचामा
मुस्कुराउँदछन् फुलेको फूलसँग
उमंगी हावाको छालसँगै मौलाएर
भनन् को हुँ म तिमी ?

शक्ति मानेर पुज्दछन् मलाई
बेला बखतमा चिनी
मृत्युले पनि छुन सक्दैनन्
वस्त्र उतारे पनि
आदि अनादि देखिको हुँ भन्छन्
भनन् को हुँ म तिमी ?

प्रेम कस्लाई मन पर्दैन र
स्नेहले लपेटेको मुस्कान
कलहको पखेटा काटेर
जिउन सिकाउने जीवन
प्यार मेरो गुण रे कान्छो
भनन् को हुँ म तिमी ?