मानवताको खोजी

मानवताको खोजी

मङ्गल बाडे  |  साहित्य  |  श्रावण १०, २०७७

कहिले महामारी त कहिले भुइँचालो
कहिले पहिरो त कहिले डढेलो 
कहिले अतिवृष्टि त कहिले खडेरी
प्रकृति तिम्रो भएकी नै हौ त
मानव जातिसँग साँच्चै रिसानी ?

विश्वको सर्वश्रेष्ठ प्राणी मानव
तर,
मुस्किल छ भेट्टाउन आज मानवता !
लोभलालच, हत्या हिंसा, बलात्कार
भ्रष्टाचार र दानवता
फैलिँदै छ सर्वत्र यसकै जञ्जाल
दयामाया, मानवता र सेवाभाव
खोजी हिँड्छु म आजकल ।

वनमा पहिरो गएपनि
मन सधैँ सागरझैं स्थिर होस्
तन भुइँचालोले क्षतविक्षत भएपनि
एक मुठी सास बाँकी रहुन्जेल
प्रकृति र प्राणी रक्षाको 
दृढ सङ्कल्प बोकी
खुल्ला आकाशझैँ
सम्पूर्ण प्राणीको छत्रछायाँ बनी
ममतामयी धर्ती सदैव
सबै प्राणीको आश्रयस्थल बनोस्
जय धरतीमाता ! जय मानवता !!

भक्तपुर