शरीर त्याग तथा काल के हो ? पुनरावृत्ति अर्थात् पुनर्जन्म बारेमा उपदेश !
श्रावण ११, २०७७

    पुरुषः स परःपार्थ भत्तन्या लभ्यस्त्वनन्यय ।
    यस्यान्तः स्थानि भूतानि येन सर्वमिदं ततम् ।। २२ ।।

अन्वय र अर्थ – पार्थ = हे पार्थ ! सः = त्यो, पुरुषः = सर्वत्र परिपूर्ण 'म', परः = निरतिशय परम पुरुष, जसभन्दा पर अरू केही छैन, अनन्यया तु भत्तन्या = एकान्त भक्तिले मात्र, लभ्यः = प्राप्य छ, यस्य = कारण भूत पुरुषको, अन्तःस्थानि = मित्र रहेका छन्,भूतानि = कार्य रूप समस्तजीव (कार्य नै कारणको अन्तर्वर्ती हुन्छ), येन = जुन पुरुषद्वारा, इदं = यो, सर्वं = सम्पूर्ण जगत्, ततं = व्याप्त छ ।

भावार्थ – हे पार्थ ! जसभित्र सकल भूत अवस्थित छन्, जसद्वारा यो समस्त जगत् व्याप्त छ, त्यो पुरुष नै पर (श्रेष्ठ) तथा एक मात्र भक्तिद्वाराप्राप्य छ ।

विशिष्टार्थ – हे पार्थ ! हेर, यो जुन पुरुष–पुर (शरीर) हौ तिमी, अनि त्यसमा शयन गर्ने जे छ  'म' हुँ – यो द्वयात्मक (त्वं अहं संयोग) अवस्था नै सर्वोपरि छ, जसभन्दा माथि अरू केही (आदि अन्त विशिष्ट) छैन । त्वंको अस्तित्व श्वास पर्यन्त छ, यस श्वासको माथि नै  'अहं'  'म' छु । भनिन्छ – 'सास रहँदासम्म आश र श्वास जब मेटिन्छ अर्थात् भित्रको श्वास भित्रै, बाहिरको श्वास बाहिरै हुन्छ त्यसका साथ आस पनि मेटिएर तत्क्षणात् 'अहं' हुन्छ । 'अहं' पुरुष हुँ । अनन्य भक्तिले नै यो 'म' भइन्छ । गुरु वाक्यमा अटल विश्वासको नाम भक्ति हो, गुरु वाक्यमा अटल विश्वास भएन भने  'म' भइदैन । अब राम्ररी  दृष्टि लगाएर हेर, यस 'म' को ठीक तलबाट नै प्रकृतिको प्रारम्भ छ, अतः  'अन्तः स्थानि भूतानि' अनि प्रकृतिको ठीक माथिबाट  'म' को प्रारम्भ छ । यो 'भूत' र 'तत्' एक भए जसलाई अब देख्दछौ । यो जुन भूत र तत् भनियो, यसलाई प्रत्यक्ष गरेर शान्ति प्राप्त गर ।

    यत्रकाले त्वनावृत्तिमावृत्तिञ्चैव योगिनः ।
    प्रयाता यान्ति तं कालं वक्ष्यामि भरतर्षभ ।। २३ ।।

अन्वय र अर्थ –  भरतर्षभ = हे भरतवंशमा श्रेष्ठ ! यत्र = जुन, काले = समय (मार्ग) मा, प्रयाताः = देह त्याग गरेर गएका, योगिनः = योगीहरू, अनावृत्तिं =अपुनर्जन्म, यान्ति = प्राप्त गर्दछन् (यत्र काले = जुनसमयमा), तु = परन्तु, आवृत्तिं च एव = पुनर्जन्म नै यान्ति प्राप्त गर्दछ । तं कालं = त्यो काल (दुबै मार्ग) को बारेमा, वक्ष्याामि = बताउने छु ।

भावार्थ – हे भरतवंशीमा श्रेष्ठ ! योगीहरू जुन कालमा देहत्याग गरेर जानाले फेरि फर्कदैनन्, तथा जुन कालमा गमन गर्नाले फेरि फर्केर आउंछन् सोही कालका विषयमा म तिमीलाई वताउने छु ।

वैदिक क्रियाहरूमा, यज्ञको क्रियामा तपको क्रियामा, दानको क्रियामा जुन पुण्य फलको निर्देश गरिएको  छ ती सबैबाट स्वर्गादि भोग गराएर पुनः मत्र्यलोकमा पठाइन्छ । यो कुरा जानेर, बुझेर ती सबैको उपेक्षा गरेर योगीहरू आप्mनो उही परम स्थानमा पहिले जहाँबाट आएका थिए सोही आदि स्थानमा विष्णु पदमा उपनीत हुन्छन् ।

विशिष्टार्थ – निश्वासलाई बाहिर गर्नु वा त्याग गर्नुको नाम काल (मृत्यु) हो । यसको वारेमा छैठौं श्लोकमा पहिलेनै उपदेश गरिसकिएको छ । अव जुन शेष निःश्वासमा शरीर त्याग गर्नाले अनावृत्ति अर्थात् मुक्ति र पुनरावृत्ति अर्थात् पुनर्जन्म हुन्छ त्यसैका बारेमा उपदेश गरिन्छ । योगीजनहरू  राम्ररी बुझेर यी दुबै मध्ये अनावृत्ति र पुनरावृत्ति जसको इच्छा हुन्छ ग्रहण वा त्याग गर्न सक्छन् सोही शेष निःश्वास त्यागको बारेमा म तिमीलाई बताउने छु ।

    अग्निज्र्योतिरहः शुक्लः षण्मासा उत्तरायणम् ।
    तत्र प्रयाता गच्छन्ति ब्रम्ह ब्रम्हविदो जनाः ।। २४

अन्वय र अर्थ – अग्निज्र्योतिः = अग्नि र ज्योति दुबै कालाभिमानी देवता, अहः = दिनका देवता,शुक्लः = शुक्ल पक्षका देवता, उत्तरायणं =उत्तरायण, षण्मासाः = छ महिनामा अधिपति देवता, तत्र = ती देवताहरूको अधिकारको मार्गमा, प्रयाताः = देहत्याग गरेर जाने, ब्रम्हविदः = ब्रम्कवेत्ता, जनाः = पुरुषहरू, ब्रम्ह = परब्रम्हमा, गच्छन्तिः = प्राप्त हुन्छन् ।

भावार्थ – जुन कालमा अग्निज्र्योति अहः शुक्ल तथा उत्तरायण छ महिना उदित हुन्छ, ब्रम्ह्विद् पुरुषहरू त्यसै कालमा गमन गर्नाले ब्रम्हमा मिल्दछन् ।

विशिष्टार्थ – सप्तजिव्हा अग्निका सात किसिमका रंग हुन्छन् । तिनीहरू भित्र मुतिm दिने रंग कस्तो हुन्छ त्यो बुझिराख – एक भुङ्ग्र्र्र्र्रो अग्निको माथि अलि अलि खरानी जमेको छ, भुङ्ग्र्रोको वीचबाट एउटा कोइला टुटेर दुई टुक्रा हुन्छ, टुटेका दुवै खण्डका शरीरबाट घोर कालो रंग निस्कन्छ, ती काला दुवैमा अग्नि प्रज्वलित भएर पुनः रातो हुन्छ र सबै रातोलाई खाइदिन्छ । विस्तारै विस्तारै त्यसको तेज बढेर आलसको फूलको भित्रको रंग जस्तै श्यामता लिएर एक श्वेत ज्योतिको प्रकाश पाइन्छ । त्यो श्यामताहीन श्वेत ज्योतिलाई नै अग्निज्र्योति भन्दछन् । अग्निहोत्रमा यो ज्योतिको उत्पत्ति हुनाले नै कार्य सिद्धि हुन्छ । यो ज्योति, अनि पहिले १८ औं श्लोकमा अहः भनिएको छ त्यही अहः ज्योति, र शुक्ल (सेतो)  यी तिनको मिश्रणबाट एक अपरूप द्युतिले प्रकाश पाउँछ । मरणकालमा प्राणायाम गर्नुपदैन, आफै हुन्छ, त्यसलाई चातुर्थिक प्राणायाम भन्दछन् । यस चातुर्थिक प्राणायाममा मौका धेरै हुन्छन् । साधक यस समयमा केवल गुरूपदिष्ट स्थानमा लक्ष्य गरेर रहनेछन्, प्राणायाम गर्नुपदैन, स्वतः हुन्छ । प्राणायामको शक्तिले जब यो त्रिमिश्रणको ज्योति आएर लक्ष्य स्थलमा खडा हुनेछ या प्रकाश पाउँनेछ ,तब साधकले गुरूपदेश अनुसार जोर लगाएर प्राण त्याग गर्नेछ । यो त भयो षव्मास (आधा)- ब्रम्हमा परिलीन हुनुको वा अनावृत्तिको गति । यसलाई उत्तरायण (उत् + तर + अयन) भन्दछन् जस भन्दा अरू माथि गति छैन । 

धुमो रात्रि स्तथा कृष्णः षण्मासा दक्षिणायनम् ।
तत्र चान्द्रमसं ज्योति र्योगी प्राप्य निवर्तते ।। २५।।

अन्वय र अर्थ – धुमः = धूमका अधिपति देवता, रात्रिः = रात्रिका अधिपति देवता, तथा = त्यस्तै, कृष्णः = कृष्ण पक्षका अधिपति देवता, दक्षिणायन = दक्षिणायन, षण्मासाः = ६ महिनाका अधिपति देवता, तत्र = ती देवताहरूको अधिकारको मार्गमा गमन गर्ने,योगी = योगी, चान्द«मसं ≠ चन्द«लोकको, ज्योतिः = ज्योतिलाई, प्राप्य = प्राप्त गरेर, निवर्तते = पुरागमन गर्दछ । 

भावार्थ – जुन कालमा धूम, रात्रि, कृष्ण र दक्षिणायन षण्मास उदित हुन्छ त्यस कालमा गमन गर्नाले योगी चन्द«लोकमा पुगेर पुरागमन गर्दछन् ।

विशिष्टार्थ – धूम = धुवाँ, रात्रि = अन्धकार युक्त रात, (सूर्योदय नहुँदा सम्मको) काल रात्रिमान भनिन्छ, त्यस कालभित्र अन्धकारको गम्भीरता, कृष्ण अर्थात् कालो यी तीन रङ्गको मिश्रणमा जुन रंग हुन्छ अर्थात् धुवाँ–अँध्यारो र कालो कालो रंग देखेर यदि योगीको शरीर त्याग हुन्छ भने चन्द«लोक पर्यन्त कर्मफलको उपभोग गरेर पुनः पुनरावृत्ति लिनु पर्दछ । यसैलाई दक्षिणायन षाण्मास वा कुमेरु गति भन्दछन् । 

       शुक्लकृष्णे गती ह्येते जगतः शाश्वते मते ।
       एकया यात्यनावृत्ति मन्यया वर्तते पुनः ।। २६।।

अन्वय र अर्थ – जगतः= जगत्का, एते = यी दुई, शुक्लकृष्णे = शुक्ल र कृष्ण, गती = गतिहरू, हि = निश्चय नै, शाश्वते = अनादिकालदेखि, मते = मानिएका छन्, एकया = एकले, अनावृत्तिं = अनपुनरावृत्ति गति, याति प्राप्त हुन्छ, अन्यया = अर्कोले, पुनः = फेरि, आवर्तते = संसारमा फर्कनु पर्दछ ।

भावार्थ – जुन कालमा धूम, रात्रि, कृष्ण र दक्षिणायन षड्मास उदित हुन्छ, त्यसकालमा गमन गर्नाले  योगी चन्द्रलोकमा पुगेर पुनरागमन गर्दछन् ।

विशिष्टार्थ – साधक ! अब हेर ! यही आफ्नो  शुक्ल र कृष्ण गति हो, बुझ लौ, प्रत्यक्ष गरेर दृढ अध्यासद्वारा यस्तो आयत्त गर, जसबाट कार्यकालमा तिम्रो कल्याण तिम्रै हातमा रहोस् । यो शुक्लगतिले अनावृत्ति र कृष्णगतिले पुनरावृत्ति गराउँदछ ।

    नैते सृती पार्थ जानन् योगी मुह्यति कश्चन ।
    तस्मात् सर्वेषु कालेषु योगयुक्तो भवार्जुन । २७ ।।

अन्वय र अर्थ – पार्थ = हे पार्थ ! कश्चन = कुनै पनि, योगी = योगी, एते = यी दुई, सृती = मार्गहरूलाई, जानन् = जान्दो छँदो, नमुह्यति = मोहमा पर्दैन, तस्मात् = त्यसकारण, अर्जुन = हे अर्जुन ! सर्वेषु = सम्पूर्ण, कालेषु = समयहरूमा, योगयुक्तः = योग युक्त, भव = भैराख ।

भावार्थ – हे पार्थ ! यी दुई पन्थहरूलाई जानेपछि कुनै पनि योगी मोहमा प्राप्त हुँदैनन् । अतः हे अर्जुन ! तिमी सदैव योगयुक्त बनिराख ।

विशिष्टार्थ – यो शुकल र कृष्ण गति केवल अभ्यासद्वारा योगीहरूका आयत्तमा छन् । यदि कदाचित् योगीहरू शुक्लगति लिन सकेनन् भने लक्ष्यभ्रष्ट भएर उनीहरूलाई कृष्ण गति नै प्राप्त भए ता पनि पुनर्जन्म लिएर पनि उत्तम सुकृति फल हेतु योगीहरू जातिस्मरत्व प्राप्त भएर मायाको  इन्द्रजालमा अरू मोहित हुँदैनन् । जाति स्मरत्वले तिम्रो कुनै काम छैन, तिमी आफ्नो  प्रतिनिःश्वासमा नै शुकल गतिको लक्ष्य लिएर समाधिस्थ बनिरहू ।

    वेदेषु यज्ञेषु तपःसु चैव दानेषु यत्पुण्यफलं प्रदिष्टम् ।
    अत्येति तत्सर्वमिदंविदित्वा योगी परं स्थान मुपैतिचाद्यम् ।। २८ ।।

अन्वय र अर्थ – वेदेषु = वेदहरूमा, यज्ञेषु = यज्ञहरूमा, तपःसु = तपस्यामा, दानेषु च एव = दानमा पनि, यत् = जुन, पुण्यफलं = पुण्यको फल, प्रदिष्टं = उल्लेख गरिएको छ, योगी = योगीले, इदं = यी सात प्रश्नहरूको निर्णयहरूद्वारा बताइएको रहस्यलाई, विदित्वा = जानेर, तत् = ती, सर्वं = सम्पूर्णलाई, अत्येति = अतिक्रमण गर्दछ, आद्यं = आदि, परं = परम, स्थानं = विष्णु पदमा, च = पनि, उपैति = प्राप्त हुन्छ ।

भावार्थ – वेदमा, यज्ञमा, तपस्यामा, तथा दानमा जुन जुन पुण्य फलको उल्लेख छ, योगी उल्लिखित तत्वहरूलाई अवगत गरेर ती समस्तलाई अतिक्रमण गर्दछन्, अनि आद्य परम स्थान विष्णु पदलाई प्राप्त गर्दछन् ।

विशिष्टार्थ – वैदिक क्रियाहरूमा, यज्ञको क्रियामा तपको क्रियामा, दानको क्रियामा जुन पुण्य फलको निर्देश गरिएको  छ ती सबैबाट स्वर्गादि भोग गराएर पुनः मत्र्यलोकमा पठाइन्छ । यो कुरा जानेर, बुझेर ती सबैको उपेक्षा गरेर योगीहरू आप्mनो उही परम स्थानमा पहिले जहाँबाट आएका थिए सोही आदि स्थानमा विष्णु पदमा उपनीत हुन्छन् ।


इति श्रीमद्भगवग्दीतासूपनिषत्सु ब्रम्हविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे अक्षर ब्रम्हयोगो नाम अष्टमोऽध्यायः ।

याे पनि 

भूतशुद्धिकाे योजना के हाे ? यस जीव उपाधिलाई कसरी परित्याग गर्ने ?

साधक मुमुक्षु भएर आत्मयोग गर्दा शरीरका नवद्वारहरू बन्दको सन्दर्भ

वेदको अर्थ हो ज्ञान : वेदविद् कसलाई भन्ने ?

सूर्यकोष भित्रका चाैध भुवनवासीले पुनर्जन्म लिन नपर्ने अवस्था

परिवर्तन र विनाशकाे तुलना : पानी र समय जस्तै हाे जन्म-मृत्यु पनि !