कांग्रेस कोषाध्यक्षहरूको सम्मेलन पोखरामा

कांग्रेस कोषाध्यक्षहरूको सम्मेलन पोखरामा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७५

पोखरा – नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन यही चैतको अन्तिम साता पोखरामा हुने भएको छ। 

राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले पार्टीको आर्थिक स्रोतलाई सुदृढ, समृद्ध, पारदर्शी, जवाफदेही एवं पार्टीलाई नवजीवन दिन सम्मेलनले योगदान दिने बताए। 

सम्मेलनले पार्टीको गुट उपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाव दिने तथा सदस्यता वितरण तल्लो तहदेखि सिफारिसका आधारमा पारदर्शी र वैज्ञानिक तवरले वितरण गर्न सहयोग पु¥याउने उनले बताए ।कार्यसमितिका महासचिव लक्ष्मी पाण्डेले सम्मेलनले विदेश पलायन युवालाई स्वदेशमा नै रोजगार व्यवस्था गर्न पार्टीमार्फत सरकारलाई दबाब दिने बताए । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने ।