बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ११, २०७७

काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने काठमाडौं महानगरपालिका-१४ कलंकी घर भएका ४७ वर्षीय राजेन्द्र कुमार महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७६ माघ २० गतेको फैसलाले १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कलंकीमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

महर्जनले नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खाता नम्बर ०५२०५०५००६३९३० को खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी २०७५ भदौ ५ गते चेक काटेर दिएकोमा अदालतले बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी कैद र जरिवाना हुने फैसला गरेको थियो । 

महर्जनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।