जुवातास खेलिरहेको अवस्थामा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  श्रावण ११, २०७७

मकवानपुर । थाहा नगरपालिका-३ डाँडागाउँ बस्ने ३१ वर्षीय सुमन बिष्टको होटल सुमन खाजा घरमा तास खेलिरहेका बिष्ट लगायत १० जनालाई ३ बुक तास, नगद १७ हजार ८ सय ३५ रुपैयाँ र ५ सय ८० भारतीय रुपैयाँसहित शनिबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।